ताजा समाचार

ट्रम्पले भनेः भाैतिक क्षति भएको छैन, इरानले आक्रमण गरेर निच व्यवहार प्रदर्शन गर्‍यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रमणबाट भाैतिक क्षति नभएको जनाएका छन् ।

इरानले इराकस्थित आफ्नो सैन्य बेस क्याम्पमा आक्रमण गरेर निच व्यवहार प्रदर्शन गरेको भन्दै ट्रम्पले भनेका छन्, ‘इरानको आक्रमणबाट अमेरिकी वा इराकी कसैको पनि ज्यान गएको थिएन, यो आक्रामणले इरान आफैं तल परेको छ ।’

अमेरिकाले ड्रोन आक्रमण गरेर इरानी सैन्य कमाण्डर कासिम सुलेमानीलाई मारिदिएपछि दुबै देशबीच तनाव बढैको हो । ह्वाइट हाउसद्वारा जारी भिडियो सन्देशमा ट्रम्पले इरानी दाबी झुठो भएका जनाएका छन् । जसमा ८० अमेरिकी सैनिक मारिएको दाबी इरानले गरेको थियो ।

गत शुक्रबार बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जना मारिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org