ताजा समाचार

तनहुँमा बस दुर्घटना, एकको मृत्यु १७ घाइते

तनहु ।   पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका–१ का करिव २० वर्षीया मुना थापा छिन्। दुर्घटनामा १७ जना घाइते भएका छन् भने दुईजना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घिरिङ गाउँपालिका–३ थानीमाईस्थित ग१ख ६१७५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

उनका अनुसार करिब १०:१५ बजे दुर्घटना भएको बसमा २५/२६ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएको सबैलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको लामिछानेले बताए। बस सडकबाट करिब ३५/४० मिटर तल खसेको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org