ताजा समाचार

ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट !

ढकालको घरमा विप्लव नेकपाले विस्फोट गराएको आशंका !

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको र गेटमा क्षति पुगेको बताए। यस्तै पार्किङ गरेर राखिएको गाडीमा पनि क्षति पुगेको छ।

बम विस्फोट किन र कसले गराएको भन्नेबारे केही डिएसपी नखुलेको बोगटीले जनाए ।

सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाले विभिन्न स्थानमा आक्रमण गर्दै आएको छ । देशैभरका एनसेल टावरमा आगजनी हुन थालेपछि प्रहरीले उक्त पार्टीका नेता कार्यकर्तालाई कडाई गर्दै आएको छ ।

ढकालको घरमा विप्लव नेकपाले विस्फोट गराएको आशंका प्रहरीको छ । यद्यपी यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । भने, घटनाको जिम्मा समेत कसैले लिएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org