तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशीफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा ध्यान जानेछ भने शिक्षासँग सम्बन्धित व्यापार व्यावसायमा लगानी गरि प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानी गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरि विशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा बिवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलब्धि हासील हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना समस्याहरुलाई केहि समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरि रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानीगर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलार्ई सजिलै हराउँन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । अदालति निर्णयहरु तपार्ईँकै पक्षमा आउँने हुनाले मन प्रशन्न रहनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पतिपत्नी विच बिस्वासको बाताबरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनाबश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रुपैयापैसा कमाउने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी बढि सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँनयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेहुदा अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुने हुदा मन प्रशन्न रहनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाँफा कमाउँन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...