ताजा समाचार

विवाह गर्दै आदित्य र नेहा

एजेस्नी । टिभी रियालिटी सो ‘इन्डियन आइडल-११’को सेटमा गायिका नेहा कक्कड र प्रस्तोता आदित्यनारायण झाको विवाह तय भएको छ। आदित्य नेपाली गायक उदितनारायण झाका छोरा हुन्।

आइडलको एक एपिसोड छायांकनका क्रममा दुवैका आमाबुवा पुगेर दुवैको विवाह पक्का गरेका हुन्। दुवैका आमाबुवा सोमा अतिथिका रूपमा पुगेका थिए। सोमा एक्कासि आफ्नी आमालाई देखेर नेहा छक्क परिन् भने आदित्य खुसी हुँदै नाच्न थाले।

आमालाई देखेर नेहाले सोधिन्, ‘यहाँ के भइरहेछ ? ’ उत्तर दिँदै आमाले भनिन्, ‘हामीले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं। मलाई यो केटा राम्रो लाग्छ।’ सोमा आदित्यकी आमा पनि उपस्थित थिइन्। उनले नेहासँग भनिन्, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं।’

सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’

तर, उनीहरुको विवाह हुन्छ या हुँदैन यो भने निश्चित छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org