ताजा समाचार

प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा, तय गर्लान सभामुख उम्मेदवार ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेका छन् ।

लामो समयदेखि अनिर्णित बनेको सभामुख चयनको विषयमा ब्रेक थ्रु गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रचण्ड केहि समयअगाडी त्यहाँ प्रस्थान गरेका हुन् ।

पाँच दिनको संवादविहिनता तोड्दै प्रचण्ड प्रधानमन्त्री निवासमा पुगेका हुन भने, आज संभवत सभामुख कसलाई बनाउने भनेर निर्णय गर्न सक्ने जनाइएको छ ।

प्रचण्डले सभामुखमा अडान नछाडेर अग्नी सापकोटा, देव गुरुङ, पम्फा भुसाल या हरिबोल गजुरेल, जनार्दन शर्मा लगायतका नेताहरु अगाडी सार्ने तयारीमा छन् । भने प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org