ताजा समाचार

ओली र प्रचण्डबीच सहमति : अग्नि सापकोटा सभामुख

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको छ ।

सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ ।

यसअघि कसलाई सभामुख बनाउने भन्नेमा विवाद थियो ।

प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए ।

पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ अग्नि नै हुन् । यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने सभामुखबारे दुई अध्यक्ष छलफलमै रहेको र व्यक्तिबारे निर्णय भइनसकेको प्रतिक्रिया दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org