ताजा समाचार

युएईमा एकै वर्षमा ज्यान गुमाए १०३ नेपालीले

युएई । नेपालीहरुको श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई)मा २०१९ मा १०३ नेपालीले ज्यान गुमाएका छन् ।

आत्महत्या, दुर्घटना तथा अन्य रोगका कारण ९९ जना पुरुष े ४ महिला गरेर १०३ नेपालीले विदेशी भूमीमा ज्यान गुमाएका हुन् ।

कार्यस्थलदेखि दुर्घटनालगायतमा परेर युएईमा एक वर्षको अवधिमा १०३ ले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । केही दिनअघि मात्रै अबुधाबीमा भएको सवारी दुर्घटनामा नेपाली परेका थिए । जसमा ३ को मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् ।

नेपाली दुतावास आबुधाबीका अनुसार, गत वर्ष दुर्घटनामा परेर मात्रै २३ नेपालीले ज्यान गुमाएका छन् । १ महिलासहित ५७ जनाको प्राकृतिक कारणबाट मृत्यु भएको छं । यस्तै एक महिला र १७ जना पुरुषले आत्महत्या गरेको तथ्यांक छ ।

सन् २०१८ मा युएईमा ज्यान गुमाउने नेपालीको संख्या अझै बढी छ । युएईस्थित नेपाली दूतावासका अनुसार, सन् २०१८ मा ९ जना महिलासहित ९८ जना पुरुषले ज्यान गुमाएका थिए ।

सन् २०१८ मा ३ महिला सहित ३० नेपालीले आत्महत्या गरेका थिए । यस्तै गतवर्ष २ जना महिला र ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org