राष्ट्रियसभाको अन्तिम मत परिणाम, कांग्रेसले गुमायो सातै सिट
काठमाडौं । राष्ट्रियसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
१८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका हुन्।
राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘क्लिन स्विप’ भएको छ। कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा फसेको नेपाली कांग्रेसले यसअघि राष्ट्रियसभामा पाएको ७ सिट गुमाएको छ।
हेर्नुहोस नतिजा
गण्डकी प्रदेश
गण्डकी प्रदेशका दुवै पदमा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका नारायणकाजी श्रेष्ठ ३ हजार ४६२ मतभारसहित विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २४० मतभार ल्याए। श्रेष्ठ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइसँग पराजित भएका थिए।
गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकी भगवती न्यौपानेले कांग्रेसकी विमला गौचनलाई पराजित भएकी छन्। यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेसका सुरेन्द्रराज पाण्डे र वृन्दादेवी आलेको दुईवर्षे कार्यकाल सकिएपछि ती पदमा निर्वाचन भएको थियो। प्रदेश-२
प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा दाजु विजयी हुँदा भाइ पराजित भएका छन्। एकै परिवारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मृगेन्द्रसिंह यादव विजयी हुँदा भाइ अनिरुद्र सिंह पराजित भएका हुन्। सहोदर दाजुभाइ दुई फरक पार्टीबाट प्रतिस्पर्धामा थिए। अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का शेखरकुमार सिंह विजयी भएका छन्। महिलार्फ नेकपाकी तुलसा दाहाल, दलिततर्फ राजपाका राधेश्याम पासवान विजयी भए।
प्रदेश ५
प्रदेश ५ बाट पनि तीनजना नेकपाकै उम्मेदवार विजयी भएका छन्। प्रदेश ५ बाट नेकपाबाट अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भए। दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए।
प्रदेश १
प्रदेश १ बाट पनि तीनजना नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन्। अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन्।
कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना नेकपाका उम्मेदवार विजयी भएका छन्। अन्यबाट मायाप्रसाद शर्मा र महिलातर्फ सुमित्रा विसी विजयी भए।
बागमती प्रदेश
बाग्मती प्रदेशबाट नेकपाका दुईजना उम्मेदवार विजयी भएका छन्। महिलातर्फ गंगाकुमारी बेल्बासे, अन्यतर्फ बेदुराम भुषाल विजयी भएका छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी भइन् भने स्वारले तीन हजार ७ सय २० मतभार प्राप्त गरेका हुन्। बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९ दशमलब १९ प्रतिशत र प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको निर्बाचन आयोगले जनाएको छ। मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्यालयमा चार देशका राजदूत, एक घण्टा वार्तालाप
काठमाडाैँ । नेपालस्थित विभिन्न चार देशका राजदूतले मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त भेटघाट गरेका छन् । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री...
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन...
-
सीपीसी विदेश विभाग प्रमुख लिउ र माओवादी महासचिव गुरुङबीच भेटवार्ता
काठमाडाैं । चीन भ्रमणमा रहेका माओवादी केन्द्रका महासचिव देव गुरुङले बिहीबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभागका प्रमुख लिउ...
-
प्रधानमन्त्रीसँग विपीन जोशीका परिवारको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा...
-
संसदीय समितिको आजको बैठकमा फास्ट ट्रयाकबारे छलफल
काठमाडौं। संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो...
-
झापाबाट फर्केका ओली प्रधानमन्त्री भेट्न एयरपोर्टबाट सिँधै सिंहदरबार पुगे
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकलगत्तै...
-
जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली
काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा...
-
गल्फुटारमा कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कांग्रेस...
-
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन
काठमाडौं। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन रहेको छ। यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि...