ताजा समाचार

एयर इण्डिया वेच्ने भारत सरकारको घोषणा

एजेन्सी । भारत सरकारले एयर इण्डियामाथिको सरकारी स्वामित्व पूर्णरुपमा वेच्ने जनाएको छ ।

खरिदकर्तालाई सम्पूर्ण स।वामित्व दिने गरगि सरकारले प्रस्ताव गरेको जनाइएको छ । एयर इण्डियाको जहाज किन्नेले आठ अर्ब डलर ऋणमध्ये तीन अर्ब बढी डलर ऋण तिर्नुपर्ने सरकारले जनाएको छ ।

एयर इन्डियाको शेयर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना हो तर सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन् ।

सरकारको सबैभन्दा महत्वपूर्ण प्रस्ताव भनेको शत प्रतिशत स्वामित्व बेच्ने हो ।

सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ताको आकर्षण नभएको ठानिन्छ ।

‘द डिसेन्ट अफ एयर इन्डिया’ पुस्तकका लेखक तथा उक्त वायुसेवाका एक जना पूर्वकार्यकारी जितेन्द्र भार्गवका अनुसार अहिले गरिएको आह्वान सकारात्मक रहेको छ । उनले यसले नीजि लगानीकर्तालाई तान्न सक्ने बताए ।

एअर इन्डियासँग १४६ विमान छ र घरेलु तथा अन्तर्राष्ट्रिय उडानका लागि आकर्षक अवतरणमार्ग र पार्किङस्थल रहेको छ । बाँकी दायित्व भारत सरकारले वहन गर्ने या नगर्ने खुलाइएको छैन ।

कतिपय विज्ञले १४ हजारभन्दा बढी कर्मचारी रहेको उक्त वायुसेवामा कर्मचारीहरूको पुनसंरचना पनि चुनौतीपूर्ण हुने बताएका छन् ।

कर्मचारी युनियनहरूले सरकारी प्रस्तावबारे छलफल समेत थालिसकेको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org