ताजा समाचार

ब्रोइलरको मूल्यले रेकर्ड तोड्यो

काठमाडाैं । ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ ।

शनिबारदेखि लागू हुनेगरी बनेपामा जिउँदो ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय ७० रुपैयाँ लागू भएपछि रेकर्ड तोडिएको खबर आजको नागरिक दैनिकले छापेको छ ।

जिउँदो ब्रोइलरको मूल्य बढेसँगै तयार मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यस अघि २०७४ वैशाखमा करिब एक महिना जिउँदो ब्रोइलर बनेपामा दुई सय ६० रुपैयाँमा बिक्री भएको थियो।

बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोर सञ्चालकले दिउँसै पसल बन्द गर्न थालेका छन् ।

असोजदेखि मंसिरसम्म ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हालेका थिएनन् । विगतमा काठमाडौँ आसपासका जिल्लामा ब्रोइलर महंगो हुँदा उपत्यकाका कोल्डस्टोरहरुले बाहिरी जिल्लाबाट सस्तोमा कुखुरा मगाउँदै आएका थिए ।

यसपटक तराई र बाहिरी जिल्लामै ब्रोइलरको भाउ दुई सय ४० सम्म पगेको भन्दै शनिबार पहिलो पटक किलोमै २० रुपैयाँ बढाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org