ताजा समाचार

नक्कली पासपोर्ट र कागजात बनाएर म्यानमार जान खोज्ने दुई महिला पक्राउ

काठमाडाैं । नक्कली पासपोर्ट र कागजात बनाएर भारतको बाटो प्रयोग गर्दै म्यानमार जान खोज्ने दुई नेपाली महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस. सरस्वती रहेको भारतीय मिडिया द हिन्दूको अनलाइन संस्करणले लेखेको छ ।

समाचारमा उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन । उनीहरुलाई आइतबार साँझ म्यानमारका अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीहरुलाई नक्कली कागजातसहित जिम्मा लगाइदिएका थिए ।

उनीहरुविरुद्ध मणिपुरको सीमावर्ती शहर मोरेह प्रहरी स्टेशनमा घटनाबारे उजुरी दर्ता गरेर थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org