ताजा समाचार

ओमानविरुद्ध १९ ओभरमा ५७ रन दिँदै नेपालले लियो ५ विकेट

काठमाडाैँ ।  घरेलु मैदानमा पहिलो पटक एक दिवसीय क्रिकेट खेलेको नेपालले राम्रो शुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले यो १९ ओभरकाे समाप्तिमा ५ विकेट लिएर ५७ रन दियो।

नेपालका लागि पहिलो विकेट करण केसीले लिए। करणले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहलाई बोल्ड आउट गरे। दोस्रो ओभरमा उनले मेडन राखे। १९ ओभरकाे समाप्तिमा करण र सुसन भारीले २-२ विकेट लिएका छन् भने एकजनालाई रनआउट गरिएको थियो।

करणले दोस्रो विकेट लिने क्रममा खबर अलीलाई पवेलियनको बाटो देखाएका हुन्। ३ ओभरमा उनले १ मेडन राख्दै १० रन दिए।

डेब्यु खेलमैं अभिनास बोहोराले पहिलो ओभरमा कुनै रन दिएनन्।

तेस्रो क्रममा बलिङ गर्न आएका सन्दिपले २ ओभरमा ७ रन खर्चे। पहिलो ओभरमा ३ रन खर्चेका उनले दोस्रो ओभरमा ४ रन दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org