ताजा समाचार

रियल मड्रिड र बार्सिलोनाको पुनरागमन जित

काठमाडौं । स्पानिस ला लिगाको उपाधि होडमा रहेका २ क्लब रियल मड्रिड र बार्सिलोनाले पुनरागमन जित हात पारेका छन् ।

आइतबार राति भएको पहिलो खेलमा लिग लिडर रियलले ओसासुनालाई ४–१ ले पारजित गर्दै बार्सिलोनासँग अंकदूरी ६ बनाएको थियो । केही घण्टापछि नै बार्सिलोनाले रियल बेटिसलाई ३–२ ले पराजित गर्दै अंकदूरी पुनः ३ मा झारेको छ ।

अवे मैदानमा भएको खेलमा दुवैले दुवैले १ गोलले पछि परको अवस्था उल्टाएर जित हात पारेका थिए।

जितपछि रियल २३ खेलबाट ५२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट ४९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।

बार्सिलोनाको लागि तीनवटै गोलका लागि कप्तान लिओनल मेस्सीले असिस्ट गरेका थिए।

यस्तै पाँचौं स्थानको सेभिया सेल्टा भिगोसँग २–१ ले पराजित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org