ताजा समाचार

सुर्य थापालाई युवा संघका नेता शेर्पालीको चेतावनीः जसको आडमा बोल्दै छाै त्यो कति दिनसम्म चल्छ ?

काठमाडाैँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेता सुवोधराज सेर्पालीले नेकपा केन्द्रिय सदस्य सुर्य थापालाई राजीनामा दिन चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले तत्कालिन माओवादीले गरेको सशस्त्र युद्व जनयुद्व नभएको र त्यो आफैं विसर्जन भएको बताएपछि शेर्पालीले हेक्का राखेर बाेल्न चेतावनी दिएका हुन् ।

पूर्व वाईसियल नेपालका महासचिवसमेत रहेका नेता शेर्पालीले सामाजिक सञ्जालमार्फत थापालाई हेक्का राखेर बोल्न चेतावनी दिएका हुन् । ‘नैतिकता छ भने बसौं विधि बिधानमा नै रहेर बहस गरौं । नत्र थुतुनो सम्हाल बढी सोचेर बेहोस हौला ? समय सधैं तिम्रो वरिपरि होला भन्ने भ्रम नपाल किनकि तिमी आफै केही नि हैनौ ।’ शेर्पालीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘जसको आडमा तिमी बोलिरहेका छौ त्यो कति दिनलाई हो हेक्का राख ? आगे तिम्रो मर्जी…?’

शेर्पालीले सित्तैमा पाएको पदमा बसेर अरुको बलिदानलाई अबमुल्यन नगर्न पनि चेतावनी दिएका छन् । ‘जनयुद्ध ठिक थियो त्यसका रणनीतिक र कार्यनीतिक योजना लक्ष्य सहि थिए र त आज तिमी आफुले अलिकति पसिनासमेत नबगाएको लगानी नगरेको गणतन्त्रको सल्लाहकार पद प्राप्त गरेका छौ ।’ शेर्पालीले अगाडि भनेका छन्, ‘यस्तो बोल्न तिमीलाई लाज लाग्दैन ? हामी रगत र पसिना दुबै बगायौ र यो ब्यबस्था निर्माण गर्याैं ।’

शेर्पालीले पार्टी एकताको भाव र मर्म स्वीकार गर्न नसके पार्टीबाट राजीनामा दिन पनि सुर्यलाई सुझाव दिएका छन् ।

यस्तो छ शेर्पालीले सामाजिक सञ्जाल मार्फत राखेको विचार :

म ढुक्कले भन्छु जनयुद्ध जिन्दावाद ! जनयुद्ध दिवस जिन्दावाद !! (नेकपा) जिन्दावाद !!! जनयुद्ध ठिक थियो त्यसका रणनीतिक र कार्यनीतिक योजना लक्ष्य सहि थिए रत आज तिमी आफुले अलिकति पसिना समेत नबगाएको लगानी नगरेको गणतन्त्रको सल्लाहकार पद प्राप्त गरेका छौ । यस्तो बोल्न तिमीलाई लाज लाग्दैन ?

हामी पसिना रगत दुबै बगायौ र यो ब्यबस्था निर्माण गर्‍यौ । यदी तिमीलाई माओवादी एमाले पार्टी एकताले जनयुद्ध र जनआन्दोलनको भाव मर्म र कम्युनिस्ट आन्दोलनको उदेश्य नस्वीकारेको लाग्छ र तिमीमा त्यो हिम्मत छ भने आजको आजै अहिले नै पार्टीको सबै तहको जिम्मेवारीबाट राजीनामा देउ ?

भन्न हामीलाई नि आउँछ तिमी जस्तै छदम त हैन । नैतिकता छ भने बसौं विधि बिधानमा नै रहेर बहस गरौं । नत्र थुतुनो सम्हाल बढी सोचेर बेहोस हौला ? समय सधैं तिम्रो वरिपरि होला भन्ने भ्रम नपाल किनकि तिमी आफै केही नि हैनौ । जसको आडमा तिमी बोलिरहेका छौ त्यो कति दिनलाई हो हेक्का राख ? आगे तिम्रो मर्जी….?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org