ताजा समाचार

महाशिवरात्रि अवसरमा सिम्रिक एयरको गोसाइँकुण्ड मिसन सुरु हुँदै

काठमाडाैँ ।  सिम्रिक एयर हेलिकप्टरले महाशिवरात्रि सप्ताहको अवसरमा फागुन ६ गतेदेखि गोसाइँकुण्डको आरामदायी यात्रा सुरु गर्ने भएको छ ।

सिम्रिक एयरले प्रति व्यक्ति १९ हजार ९ सय ९९ रुपैयाँ टिकट दर तोकेको छ। जसमा बुढानिलकण्ठ, रुद्रेवर चोकबाट बन्देलीको हेलीप्याडसम्म दुई तर्फी हुनेछ । साथै भक्तजनका लागि खानाको समेत व्यवस्था गरिएको छ ।

हेलिप्याडबाट गोसाइँकुण्डसम्म उडान समय लगभग ३० मिनेट राउन्ड ट्रिप हो । साथै ३० मिनेट गोसाइँकुण्डमा ग्राउन्ड टाइमको रुपमा छुट्याइएको छ । सन् २०१६ देखि सिम्रिक एयरले गोसाइँकुण्ड हेलिकप्टर यात्राको व्यवस्था गर्दै आएको छ । तीन वर्षको अवधिमा १५ सय भन्दा बढी भक्तजन यस मिसनका सहभागी भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org