ताजा समाचार

प्रचण्ड बस्ने घर घेराउको तयारी

काठमाडाैँ । ललितपुरको चापागाउँ–खुमलटार सडकखण्ड लामो समयसम्म कालोपत्रे नभएपछि स्थानीयबासी विरोधस्वरुप धर्नामा बस्ने भएका छन् ।

ठेक्का सम्झौता भएको ४ वर्ष बितिसक्दासमेत सो सडकखण्डको काममा प्रगति नभएपछि स्थानीयले सास्ती खेप्दै आएका छन् ।

सो सडकको ठेक्का लिएका शारदाप्रसाद अधिकारीले काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोही सडकखण्डमा अधिकारीको घर रहेको छ भने सो घरमा हाल नेकपा अध्यक्ष प्रचण्ड बस्दै आएका छन् ।

यसअघि पटक पटक आन्दोलन गरिसकेका स्थानीयले यसपटक भने प्रचण्ड बसेको ठेकेदारको घर घेराउ गर्ने तयारी गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org