ताजा समाचार

प्रधानमन्त्री ओलीले भने– स्थिर सरकार बन्नु नै ऐतिहासिक उपलब्धी हो

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकार स्थापति हुनु ठूलो सफलता भएको बताएका छन् ।

शनिबार बिहान ११ बजे बसेको प्रतिनिधी सभा बैठकमा सरकारको दुई वर्ष पुगेको अवसर र सार्वजनिक महत्वको विषयमाथि बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘यसअघि छोटो-छोटो समयमै सरकार परिवर्तन भइरहन्थ्यो । मेरो नेतृत्वको, कम्युनिष्ट  सरकारको याे नै ऐतिहासिक उपलब्धी हो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो  । कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनले  अन्तिममा समयमा आएर प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org