ताजा समाचार

इन्डियन प्रिमियर लिग: उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (आईपीएल) को नयाँ सिजन मार्च २९ बाट सुरु हुँदै छ ।

आईपीएलको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आईपीएलले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल चेन्नाईले मुम्बईको घरेलु मैदानमा वान्खडे स्टेडियममा मार्च २९ मा खेल्नेछ । मार्च २९ बाट सुरु हुने खेलमा लिग चरणको अन्तिम खेल मे १७ मा हुनेछ ।

लिग चरणको खेलपछि शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन् । त्यसपछि शीर्ष र दोस्रो टिमबीचको क्वालिफायर विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । तेस्रो र चौंथो टिमबीच इलिमिनेटर खेल हुनेछ ।

खेल तालिका :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org