ताजा समाचार

कानुन पुरुषपीडक भएको भन्दै शान्ता चौधरीले यसरी गरिन् महराको बचाउ

काठमाडाैं । प्रमुख सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीले महिलामैत्री कानुन बनाउने क्रममा पुरुषपीडक कानुन पनि बनेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएकी छन् ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौनहिंसा गरेको आरोपमा अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएपछि फेसबुकमार्फत चौधरीले लेखेकी छन्, ‘हामीले महिलामैत्री कानुन बनाउने क्रममा कतिपय अव्यवहारिक र पुरुषपीडक बन्दोबस्तीहरु पनि राख्यौँ कि? यो घटनाले सोच्न बाध्य बनाएको छ ।’

यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

चौधरीले अदालतबाट निर्दोष ठहर भएका पूर्वसभामुख कृष्णबहादुर महरामा अविचलित र परिपक्व व्यवहार भएको दाबी गर्दै महरा र उनको परिवारले मानसिक यातना पाएको र मुलुकले असहनीय पीडा भोगको उल्लेख गरेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org