ताजा समाचार

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ, घाइतेको अवस्था गम्भीर

तनहुँ । लोकदोहोरी गायक प्रकाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा गायक कटुवाल पक्राउ परेका हुन् । गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिप्रका तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयमा कार्यसत प्रहरी सहायन निरीक्षक (असई) टिकाराम पोखरेलले जनाएका छन् ।

गम्भीर घाइते बनेका गुरङको अहिले काठमाडाैंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार चलिरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org