ताजा समाचार

महराले सफाइ पाएको संसद्लाई जानकारी, संसद जाने बाटो खुल्यो

काठमाडाैँ । काठमाडौँ जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाएको छ।

पत्रको जानकारीसँगै महराले अब प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउनेछन्।

काठमाडौं जिल्ला अदालतले सोमबार उक्त मुद्दामा महरा निर्दोष रहेको ठहरसहित सफाइ दिएको थियो। त्यसलगत्तै उनी डिल्लीबजार कारागारबाट छुटेका थिए।

करिब साढे चार महिनाअघि उनीविरुद्घ करणी प्रयास गरेको मुद्दा दायर भएपछि उनी सभामुखबाट निलम्बित भएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org