ताजा समाचार

राजनीतिक तुलोमा राख्ने हो भने ‘एकातिर गोकुल अर्कोतिर सबैजस्तो भएको छ’:प्रधानमन्त्री ओली

काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटको खुलेर प्रशंसा गरेका छन्।

सोमबार मन्त्री बाँस्कोटको गृहजिल्ला काभ्रेपलाञ्चोक पुगेका प्रधानमन्त्री ओलीले उनको प्रशंसा गरेका हुन्।

प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्ने बताए।

‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबैजस्तो भएको छ’, उनले भने, सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org