ताजा समाचार

पारस खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डर

काठमाण्डौ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र खड्काले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। प्रबन्ध निर्देशक अधिकारीले टी-२० मा शतका बनाउने कप्तानकाे विश्व कीर्तिमान राखेका खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने बताए ।

नेपाल प्रहरीको फुटबल टिमलाई प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखेकाे उनले बताए। खड्काले देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आवद्ध हुन पाएकोमा गौरव लागेकाे बताए ।

यस सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमले प्रदान गरेकाे सेवा र ब्रान्डको प्रभावकारी प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । हाल एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवर्द्धनका विविध क्रियाकलापहरुमा सहभागी हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org