ताजा समाचार

बलात्कार आरोपी सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं । जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।

जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले माघ ९ गते उनलाई थुनामा पठाउने निर्णय गरेको थियो । तर, उनी अदालतले आफ्नावरुद्ध फैसला सुनाउने छनक पाएपछि उनी भारततर्फ भागेका थिए ।

आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीका एक अधिकृतले जनाएका छन् ।

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org