ताजा समाचार

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

राजीनामा लगत्तै पुगे प्रधानमन्त्री भेट्न अस्पताल

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

आज दिउसो मन्त्री खतिवडाले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा बोकेर मुक्यसचिव लोकदर्शन रेग्मी राष्ट्रपति कार्यालय पुगेका हुन् ।

पदबाट आज राजीनामा दिएका मन्त्री खतिवडाको पुनः नियुक्ति र सपथ भने भोली हुने स्रोतले जनाएको छ ।

राजीनामा दिएपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

उनको दुई वर्षे कार्यकाल आज सकिएको हो । तर, उनको कार्यकाल सकिएपनि संवैधानिक व्यववस्था अनुसार सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org