राप्ती नदीको पानी नेपालगञ्ज ल्याइँदै
नेपालगञ्ज । नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ । यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो । योजनाअन्तर्गत अहिले सो नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ््याउने काम अगाडि बढाइएको नेपाल खानेपानी संस्थान नेपालगञ्जका साइट इञ्जिनीयर सङ्गीता थापाले जानकारी दिए ।
योजना २० वर्ष अघिको हो । विसं २०५६ मा शुुरुआत भएको यो योजनाले त्यसबखत बजेट अभावका कारण पूर्णता पाउन सकेको थिएन । गत वर्ष पुनः शुरु गरिएको यो योजनालाई २०७५÷७६ आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिए पनि फेरि दुई वर्ष थप गरिएको छ । योजनाको पहिचो चरणमा करिब रु १८ करोड बजेट लाग्ने अनुमान गरिएको छ । डुडुवा गाउँपालिका–४ कम्दीको सिंधनियाघाटबाट १६ हजार ८१७ मिटर पाइप जडान गरी राप्ती नदीबाट ल्याउने गरी योजनाको काम अघि बढाइएको उनले बताए ।
करिब २४ हजार ४७१ घरधुरी रहेको यहाँको जनसङ्ख्या करिब डेढ लाख रहेको छ । यहाँ हाल कारकादोमा रहेको चार लाख २० हजार लिटर र बागेश्वरी मन्दिर नजिक रहेको चार लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्कीबाट पानी वितरण हुँदै आएको छ । उहाँका अनुसार यहाँका करिब चार हजार ५०० घरधुरीले खानेपानी संस्थानको धारा जडान गरेका छन् । बिहान, दिउँसो र बेलुका गरी दैनिक ३५ लाख लिटर पानी प्रयोग हुने गरेको जनाइएको छ ।
अहिले यहाँ शुद्ध पानीको अभाव देखिएको छ । ३०० मिटर गहिराइसम्म हाते धारा जडान गर्दासमेत पर्याप्त पानी भेटाउन सकिएको छैन । यो एउटा दीर्घकालीन समस्याका रुपमा देखिएको छ । सोही अवस्थालाई दृष्टिगत गरी राप्ती सो योजना अघि सारिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...
-
दिउँसोदेखि मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षा हुने
काठमाडौं । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको...