कोरोना त्रास : खरिपाटीमा एक महिनाभित्र अस्पताल निर्माण गरौं
१० दिनमा अत्याधुनिक र सुबिधासम्पन्न अस्पताल निर्माण गर्न सक्ने ताकत भएको हाम्रो उत्तरी छिमेकी राष्ट्र चीन अहिले कोरोना भाइरसको संक्रमण फैलिन नदिन संघर्षरत छ । छिमेकमा परेको विपत्तिप्रति नेपाल सरकार र नेपाली जनताले सम्पूर्ण रूपमा साथ दिनुपर्छ । हाम्रो कामना र प्रार्थना छ, चिनियाँ नागरिकहरू कोरोनो भाइरसको जटिल संक्रमणबाट चाँडै मुक्त हुन सकुन् । र, विश्वव्यापी फैलावट पनि चाँडै नियन्त्रणमा आओस् ।
चीनले राज्यको सम्पूर्ण शक्ति लगाउँदा पनि कोरोना भाइरसको संक्रमण रोक्न निकै ठूलो सकस परिरहेको छ । चीनले नोबल कोरोनाको संक्रमण भएको थाहा पाउने बित्तिकै शुरू गरेको नियन्त्रण र औषधि उत्पादनको प्रयास सफल भइसकेको छैन । चिनियाँसहित कोरोना भाइरसको संक्रमण फैलिएका देशका नागरिकहरू नेपाल आउने क्रम पनि रोकिएको छैन ।
नेपाल सरकारको तयारी के छ ? कसरी गरिँदैछ काम ? यो प्रश्न अहिले निकै गम्भीर बनेको छ । युद्धस्तरमा काम गर्नुपर्ने बेलामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक जम्मा दुई पटक बस्यो । बैठकले कोरोना नियन्त्रणका लागि गम्भीर निर्णय गरेको छैन । अन्तर्राष्ट्रिय हवाइसेवा तत्काललाई रोक्न केले अवरोध गरेको छ ? वैदेशिक रोजगारीका लागि दिइने श्रम अनुमति पनि तत्काल रोक्नुपर्छ ।
कोरोना भाइरसको संक्रमणको आशंका लागेका व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ । तर, महामारी फैलिएमा त्यो अस्पतालले अतिलाई धान्न सक्छ ? आइसोलेशन वार्डहरू कति वटा छन् ? बिमारीको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा कसरी गरिएको छ ? यी र यस्ता सवालमा सरकारको ध्यान पुगोस् ।
चीन सरकारले १० दिनमा अस्पताल खडा गरेको समाचार त हामीले रोचक ढंगले उत्साहित हुँदै पढ्यौं । तर, हाम्रो देशको सरकारको ल्याकत कति छ ? सरकारले कस्तो हैसियत राख्छ भन्ने कुराको प्रमाण यस्तो संकटको बेला मापन हुन्छ । सबै राजनीतिक दलको समन्वयमा युवा परिचालन गरेर खरिपाटीमा एक महिनाभित्र अस्पताल निर्माण गरौं । वुहानबाट फर्किएका नेपालीलाई राखिएको स्थान खाली भइसकेको छ । अब त्यहाँ अस्पताल निर्माणमा जुटौं । यसको जिम्मेवारी सरकारले लिन तयार रहोस् । प्रतिपक्षी दल जस्तोसुकै सहयोग गर्न तयार छ । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहनु भएको छ । अस्पतालको बेडबाटै राष्ट्रलाई आह्वान गरे अस्पताल निर्माणको प्रारम्भ गर्नुपर्छ ।
स्वाभाविक छ, कोरोनाको संक्रमण नेपालमा अहिलेसम्म देखिएको छैन । तर, सन्त्रासको मनोवैज्ञानिक असर व्याप्त छ । सन्त्रासको मनोवैज्ञानिक असर नियन्त्रण गर्न सरकारले विशेष अभियान सञ्चालन गरोस् ।
शुक्रबार प्रतिनिधसभा बैठकमा सांसद डा.संग्रौलाले राखेको धारणा
Comments
अरु समाचार
-
कसलाई अख्तियारको आयुक्त बनाउने ?
संवैधानिक परिषद्ले लामो समयदेखि विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न नसक्दा ती निकायले प्रभावकारी रूपमा काम गर्न सकिरहेका छैनन् ।...
-
के म मंगोल हुँ ?
नेपालका केहि जनजातीहरुले आफुलाई मङ्गोल भन्ने गर्दछन र मङ्गोलहरु कै सन्तान पनि ठान्दछन । यति मात्रै नभएर मंगोलको नाममा मंगोल...
-
फिचर : छोरा डाक्टर, आमा पढ्दै
‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने झैं ६२ वर्षको उमेरमा पनि सुशीला खनालले शिक्षाको बाटो अवलम्बन गरेकी छिन् । जिन्दगीमा सयौं...
-
विद्यार्थी जीवनको रमाइलो अनुभव
पोर्तुगल । विद्यार्थी जीवन हामी सबैले भोगेर आएको एक खण्ड हो । सामन्यतयाः विद्यार्थी जीवन भन्दा तपाईंलाई के कुरा सम्झाना...
-
एसिसी यू–१९ इस्टर्न रिजन: हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा छनाैट
काठमाडौं । नेपाल १९ वर्षमुनिको एसिया कप क्रिकेटमा छनोट भएको छ। मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित...
-
विना पूर्वाधार विदेशीको नक्कल गर्न खोज्दा सरकार अलोकप्रिय बन्दै गयोः नेता नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पापर्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले सरकारका काम अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका...
-
मुलुक विकासको पहिलो आधार ग्रामीण विकास
अनिल रुपाखेती/ विकास भनेको सकारात्मक रूपान्तरण हो । रूपान्तरण भन्नाले कुनै विषयवस्तुको रूपमा रही आएकोे अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको...
-
पृथ्वी जयन्ती र हाम्रा नेताका सोचाइ
मोदनाथ प्रश्रित/सिङ्गै विश्वका मानव समाजको विकासक्रम आ–आफ्ना देशको भौतिक परिवेशको सही परिचालनबाट मात्र अगाडि बढ्न सक्तछ । हाम्रो धर्तीका...
-
कथा : नमिठो यात्रा
सरस पाण्डे/काठमाडौँको बसुन्धाराको इसान अस्पतालमा साथी सुनिताको छोरी बिरामी भएर राखेको पाँच दिन भएको थियो । बिरामी भएकै दिन फोन गरेकी...