ताजा समाचार

महिला विश्वकपको फाइनल आज, को बन्ला च्याम्पियन ?

एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ ।

मेलबर्नमा हुने फाइनलमा भिड्दै छन् – आयोजक अष्ट्रेलिया र भारत । खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।

भारतविरुद्ध मैदान उत्रदा अष्ट्रेलिया उपाधि घरमै राख्न चाहन्छ । यता, भारत घरेलु टोलीलाई स्तब्ध बनाएर उपाधि जित्न चाहन्छ ।

भारत पहिलो पटक फाइनल पुगेको हो । र, पहिलोपटक टी-ट्वान्टी विश्वकप उपाधि जित्न चाहन्छ ।

सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

तर, पहिलो सेमिफाइनल वर्षाको कारण खेल हुन् नसक्दा भारत फाइनल पुगेको छ । समूह चरणमा इंग्ल्याण्डले भन्दा राम्रो नतिजा हात पारेको कारण भारतले पहिलो पटक महिला विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

दुई टिमबीचको समूह चरणको भेटमा भने भारतले बाजी मारेको थियो । समूह चरणमा भारतले अष्ट्रेलियालाई १७ रनले हराएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org