ताजा समाचार

महिला टी२० विश्वकप क्रिकेट: भारतलाई हराएर अस्ट्रेलिया बन्यो विश्वविजेता

काठमाडाैँ । अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै शनिबार वुमेन्स ट्वान्टी-२० विश्वकप २०२० जितेको छ ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले मेलबर्न क्रिकेट मैदानमा भएको खेल सजिलै ८५ रनले जितेर उपाधि रक्षा गरेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। त्यसमा प्रारम्भीक ब्याट्सवुमन बेथ मुनिले नटआउट रहेर ७८ रन बनाइन्।
उनले पहिलो विकेटका लागि एल्सा हेलीसँग १ सय १५ रनको साझेदारी गरिन्। हेलीले ७५ रनको योगदान दिइन्। जवाफमा भारतले सबै विकेट गुमाएर १९.१ ओभरमा ९९ रन मात्र बनाउन सक्यो।
भारतका लागि दीप्ति शर्माले सर्वाधिक ३३ रन बनाइन्। भारलते नियमित अन्तरले विकेट गुमाएपछि ८६ हजार भन्दा बढी दर्शक अगाडि कमजोर प्रदर्शन गरेको थियो।
अस्ट्रेलियाले वुमेन्स ट्वान्टी-२० विश्वकप जितेको यो कीर्तिमान पाँचौं पल्ट हो। यसअघि उसले सन् २०१०, २०१२, २०१४ र २०१८ मा पनि उपाधि जितेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org