ताजा समाचार

आर्सनलका प्रशिक्षक अर्टेलालाई कोरोनाको संक्रमण

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट विश्व खेलकुद नै संक्रमित बनिरहेको बेला आर्सनलका प्रशिक्षक मिकेल अर्टेलालाई पनि कोरोनाको संक्रमण देखिएको छ ।

अर्टेटाको परीक्षणका क्रममा कोरोना पोजिटेभ देखिएको हो । यससँगै आर्सनल र ब्राइटनबीच शनिबार तय भएको प्रिमियर लिग खेल स्थगित गरिएको छ ।

आर्सनलले आफ्नो ट्रेनिङ ग्राउण्ड बन्द गरेको र अर्टेलासँग भेग गरेकाहरूलाई सेल्फ आइसोलेटमा बस्न भनिएको जनाएको छ ।

यस्तै, प्रिमियर लिगले शुक्रबारै आकस्मिक बैठक राखेर खेल तालिकाबारे छलफल गर्ने जनाएको छ ।

३७ वर्षीय अर्टेलाले कोरोना पोजिटिभले निराश बनाएको बताएका छन् । उनले आफू कमजोर भएपछि परीक्षण गरेको बताएका छन् ।

आर्सनलले अब क्लबका धेरै सदस्यहरू आइसोलेटमा बस्नुपर्ने अपेक्षा राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org