ताजा समाचार

नेकपा प्युठानद्वारा झिमरुकबाट तीन महिने पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुभारम्भ

प्युठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले झिमरुक गाउपालिकाले तीन महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ गरेको छ ।

नेकपा झिमरुकले आज एक कार्यक्रमकाबीच मच्छीमा अभियानको शुभारम्भ भएको हो ।

अभियानको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का ५.न प्रदेश सचिवालय सदस्य तथा न्याय कानुन तथा मानव अधिकार प्रमुख पित बहादुर एम सिले झिमरुक गाउँपालिकाको मच्छीमा गरेका हुन् ।


अभियान उद्घाटन कार्यक्रममा विशेष अतिथी नेपाल कम्युनिस्ट पार्टी (नेकपा )प्रदेश न ५का प्रदेश कमिटी सदस्य कमला रिजाल, प्रदेश न.५का सल्लाहकार समिती सदस्य श्रीकृष्ण रिजाल, जिल्ला युवा नेता मिलन एम सि लगाएत नेताहरु उपस्थित भएका थिए ।

गाउपालिका इन्चार्ज हुकुम बहादुर खड्काको नेतृत्वमा १५१ सदस्यीय गाउँ अभियान टोलि तथा पार्टी वडा कमिटी अध्यक्षको नेतृत्वमा आठै वडामा १०१ सदस्यीय अभियान टोली गठन भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति एमसीले नेकपालाई अब प्युठानमा कसैले टक्कर दिन नसक्ने जनाए । उनले पार्टीको निर्णय अबिलम्ब कार्यान्वयन गर्न र सबै तहका नेता कार्यकर्तालाई जिम्मेवार बनेर काममा लाग्न निर्देशन दिए ।

 

यस्तै, युवा नेता मिलन एमसीले कार्यक्रममा बोल्दै नेकपाको अभियान देखेर विपक्षीहरु आत्तिएको र सबै नेता कार्यकर्ता कटिबद्द भएर पार्टी निर्माणमा लाग्नु पर्नेमा जोड दिए ।

`नेकपाले जनताका समस्या समाधान गर्ने र विकास निर्माणका काममा लागेर सुखी नेपाली समृद्द नेपाल निर्माणको अभियान सफल पार्न कुनै कसर बाँकी राख्दैन । हामी सबै अनुशासित बनेर अभियानमा जिम्मेवार भएर लागौ´ नेता एमसीले भने ।

यस्तै, गौमुखी गाउपालिकामा समेत अभियान तथा पार्टी सम्पर्क कार्यालयको उद्घाट्न गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org