ताजा समाचार

फिल्म हल बन्द नगर्ने चलचित्र संघको निर्णय

काठमाडाैं । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरे पनि फिल्म हलहरु भने बन्द नहुने भएका छन्।

आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले फिल्म हलहरु बन्द नगर्ने निर्णय गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।

देशभर सञ्चालन भइरहेका सयबढी हल बन्द नगर्ने निर्णय गरिएको संघका सदस्य गोपालकाजी कायस्थले जानकारी दिए।

उनले कोरोना भाइरसका कारण फिल्म हलहरुको व्यापारमा असर पुगेको हुँदा सरकारलाई कर मिनाहासहित राहत दिन आग्रह गरिएको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org