ताजा समाचार

“मिस टिन टुरिजम २०२०” मा अस्मिता

काठमाडाैँ ।  स्टार वन इन्टरटेनमेन्ट प्रालिले पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ राजधानीमा जारी “मिस टिन टुरिजम २०२०” मा अस्मिता कालाखेती प्रतिस्पर्धा  गर्दैछीन।

पर्यटन क्षेत्रलाई सघाउने उद्देश्यका साथ पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आगामी चैत ११ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०२० आयोजना गर्न लागिएको हो।

जन्मथलो संखुवासभा भई काठमाडाैँमा बस्दै आएकी अस्मिता अडिसन राउन्ड पार गरी “टप-8′ मा परेकी छिन् ।

उनले न्युज-नेपालसंग कुरा गर्दै भनिन्ः”मिस टिन टुरिजम २०२०” मा प्रतिस्पर्धा गर्दैछु , सम्पुर्ण नेपाली आमा,बुवा ,दाजुभाई र दिदिबहिनीको मायाको खाँचो छ ।  यस प्रतिस्पर्धाको कन्टेसटेन्ट नम्बर २ म  (अस्मिता कालाखेती ) लाई धेरै भन्दा धेरै भोट गरेर मलाई माया गरीदिनुहुन्छ भन्ने आशा गरेको छु । र हार्दिक अपिल गर्न चाहान्छु ।यसरी भोट गर्न सक्नु हुन्छ ।

 

त्यसैगरी दोस्रो संस्करणको मिस टिन टुरिजममाः अस्मिता कालाखेती, रोजिना तिवारी, पासाङ भोटे, रेविका श्रेष्ठ, प्रेना शाही, वर्षा शाह, रचना श्रेष्ठ र अनमोल शर्मा गरी आठ जनाले प्रतिस्पर्धा गर्दैछन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org