ताजा समाचार

सँगै बसेर मदिरा सेवन, खाना पकाउने विषयमा विवाद हुँदा पत्नीको हत्या

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलका राजन ब्यान्जूले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

राजनकी श्रीमती ३२ वर्षीया पवित्रा ब्यान्जू गत ३० फागुनमा घरमै मृत अवस्थामा भेटिएकी थिइन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीका अनुसार राजन र पवित्राले एकैसाथ बसेर मादक पदार्थ सेवन गरेका थिए।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार मदिरा सेवनपछि कसले खाना पकाउने भन्ने विषयमा विवाद हुँदा राजनले श्रीमतीलाई लाती, मुक्का र दाउरासमेतले कुटेर हत्या गरेका हुन् ।

शरीरमा नीलडाम र नाकबाट रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org