ताजा समाचार

नेकपाको सचिवालय बैठक बस्दै, के छन छलफलका एजेण्डा ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबारका लागि सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपनपछि पहिलो पटक नेकपाको सचिवालय बैठक बस्न लागेको हो । ओली अस्पताल भर्नाहुनुअघि फागुन १८ मा बसेको सचिवालय बैठकपछि आज बैठक बस्न लागेको हो ।

मिर्गाैला प्रत्यारोपण गरेर स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री ओलीले सक्रियता बढाएसँगै हिजो बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । त्यसपछि उनीहरुले सचिवालय बैठक आह्वान गरेका हुन् ।

सत्तारुढ दल नेकपाले दुई अध्यक्षबीचको छलफलपछि बुधबार सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली मिर्गौला पुन: प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बैठक बसेको थियो।

आज बस्ने सचिवालय बैठकले उपाध्यक्ष समेत रहेका बामदेव गाैतमलाई राष्ट्रियसभामा लैजानेबारे निर्णय गर्ने जनाइएको छ । तर, यो विषय नेकपामा पेचिलो बन्दै गएकाले आजको बैठक थप विवादमय हुनसक्ने आकलन समेत गरिएको छ ।

बैठक बोलाउन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफल भएको थियो। दुई अध्यक्षबीच संवादका लागि महासचिव विष्णु पौडेलले भूमिका खेलेका थिए। पौडेलले बिहान खुमलटार पुगेर दाहालसँग छलफल गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org