ताजा समाचार

सानो भर्‍याङबाट १० लाख मास्कसहित एकजना पक्राउ

काठमाडाैँ । प्रहरीले १० लाख मास्क सहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बुधवार १० लाख थान मास्क सहित सानोभर्‍याङबाट गोरखाका युवराज न्यौपानेलाई नियन्त्रणमा लिएको हो।कोरोना भाइरसको हल्लाले बजारमा मास्कको कालोबजारी बढेपछि प्रहरीले सक्रिएता देखाएको छ।

गत आइतवार मात्र काठमाडौंका विभिन्न स्थानमा लुकाइ राखेका करिब ८ लाख ४० मास्क बरामद गरेको छ।

कम मूल्य पर्ने मास्क उनीहरुले अभाव सृजना गरि बढी मूल्यमा रुपैयाँ बेच्न लागेको खुलेको छ। यसरी बरामद भएको मास्क प्रहरीले कानुनी प्रकृया पुरा गरेर बेच्न सक्ने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org