ताजा समाचार

कोरोनाबाट इटालीमा एकै दिनमा ७९३ को मृत्यु, विश्वभर ३ लाखभन्दा बढी संक्रमित

एजेन्सि । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टाको अवधिमा ७९३ जनाको मृत्यु भएको छ ।

यो २४ घण्टाको अवधिमा भएको अहिलेसम्मकै उच्च मृत्यु हो ।

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८२५ पुगेको इटालियन सुरक्षा नियोगले जनाएको छ ।

त्यसैगरी संक्रमितको संख्या ५३ हजार ५७८ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी संक्रमित भएका छन् ।

हालसम्म संक्रमितहरुमा सबभन्दा बढी चीन, इटाली र स्पेनमा छन् भने मृत्यु हुने बढी इटाली, चीन र स्पेनमा क्रमश: छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org