ताजा समाचार

कोरोना संक्रमणले रियल मड्रिडका पूर्वअध्यक्षको निधन

एजेन्सि । कोरोना भाइरस संक्रमणका कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ।

उपचारका क्रममा ७६ वर्षका सान्जको निधन भएको उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्विटमार्फत जानकारी दिएका हुन्।

कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका रियल सान्जको शनिबार निधन भएको हो।

सान्ज सन् १९९५ देखि २००० सम्म रियल मड्रिडका अध्यक्ष भएका थिए। उनको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org