ताजा समाचार

१८० देशमा पुग्यो कोरोना, इटाली सबैभन्दा धेरै प्रभावित

एजेन्सि । कोरोना भाइरसका कारण विश्वभर हिजो एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी इटलीमा ६ सय ५१ जनाको मृत्यु भएको छ। स्पेनमा ३ सय ७५, अमेरिकामा १ सय १४, इरानमा १ सय २९ तथा फ्रान्समा १ सय १२ जनाको मृत्यु भएको छ। त्यस्तै कोरोना संक्रमणबाट बेलायतमा ४८ तथा नेदरल्याण्डस्मा ४३ जनाको मृत्यु भएको छ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्य थुप्रै देशमा मानिसहरुको मृत्यु भइरहेको छ।

इटलीमा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ। त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ। इरानमा मृत्यु हुनेको संख्या १ हजार ६ सय ८५ पुगेको छ।

हिजो अमेरिकामा सबैभन्दा बढी ८ हजार ५ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। इटलीमा साढे ५ हजार थपिएका छन् भने स्पेनमा ३ हजार, जर्मनीमा साढे २ हजार तथा फ्रान्समा १५ सय भन्दा बढी संक्रमित हिजो थपिएका छन्।  योसँगै विश्वका १ सय ८० भन्दा बढी देश र विभिन्न क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ। संक्रमितको संख्या ३ लाख ३६ हजार ७५ पुगेको छ भने झण्डै एक लाख मानिस उपचारपछि निको भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org