ताजा समाचार

कोरोनाले रोकिएन संसदीय समिति बैठक, पाण्डेको सुनुवाइ हुने

काठमाडौं । चीनका लागि आवासीय र उत्तर कोरिया तथा मलेसियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ आज हुँदैछ ।

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि भेला तथा बैठक गर्न सरकारले निषेध गरे पनि सोमबार संसदीय समिति बैठक बस्न लागेको हो ।

यसअघि सुनुवाइ समितिले पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दिने १० दिने समयसिमाभित्र एउटा पनि उजुरी नपरेपछि पाण्डेको सोमबार नै संसदीय सुनुवाइ हुन लागेको हो ।

बिहान साँढे ११ बजे पाण्डेविरुद्धको उजुरी खोल्ने समय तय भएको छ । एउटा पनि उजुरी नपरेका कारण प्रक्रिया पुर्याउन मात्रै समितिको बैठक बस्नेछ । लगत्तै पौने १२ बजे समितिले पाण्डेको सुनुवाइका लागि दोस्रो बैठक राखेको छ ।

उजुरी नपरेका कारण एकै दिन दुई वटा बैठक राखेर निर्णय गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।

गत फागुन १८ गतेको मन्त्रिपरिषदको बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org