ताजा समाचार

पशुपतिमा दश जनाले मात्र दर्शन गर्न पाउने, ७ भन्दा बढी मलामी जान नपाइने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा दश जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ ।

पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा मिलनकुमार थापाको अध्यक्षतामा आइतवार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै विद्युतीय शव दाह गृहमा ७ जना भन्दा बढी मलामिलाई प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तै पशुपतिमा गरिने बिशेष पूजालाई अर्को सूचना नआउन्जेलका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सुचित गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org