ताजा समाचार

लकडाउनको दोस्रो दिन सुनसान काठमाडौं

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कम गर्न सरकारले सुरू गरेको लकडाउनको दोस्रो दिन पनि काठमाडौं सुनसान देखिएको छ ।

विहान केही समय खुलेका पसल करिब नौ बजे बन्द भइसकेका छन् । अस्पताल, क्लिनिक तथा डेरी पसल भने खुलेका छन् ।

सडकमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका छैनन् । अस्पताल, प्रेसका सवारी साधन तथा एल्बुलेन्स भने निर्वाध चलिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org