ताजा समाचार

कोरोनाविरुद्ध अनेरास्ववियू रुकुम(पुर्व)ले थाल्यो मास्क वितरण तथा जनचेतना अभियान

रुकुम (पुर्व) । कोरोना भाइरस (कोभिड-१९) बाट बच्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले  निःशुल्क मास्क वितरण तथा जनचेतना अभियान सञ्चालन गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना  संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले १ हजार ५ सय थान मास्क तथा जनचेतनामुक प्रचा पोष्ट वितरण  गरेको हो ।

कार्यक्रममा सिस्ने गाँउपालिका अध्यक्ष कुमारी बराल,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य कृष्ण रेग्मी, टोपबहादुर ओली, अनेरास्ववियू केन्द्रिय सदस्य रुपेन्द्र मल्ल र अनेरास्ववियू जिल्ला संयोजक रेबन खड्का लगाएतको उपस्थिती रहेको थियो ।

जिल्लामा मास्कको अभाव बढ्दै गएपछि अनेरास्ववियूले रुकुम(पुर्व) सदरमुकाम रुकुमकोट स्थित “मनज्ञा सिटि अस्पताल”को सहकार्यमा  जिल्लाका मुख्य-मुख्य ठाँउ बजार क्षेत्र सदरमुकाम रुकुमकोट, पोखरा, धपे,नायगाड  र सिस्नेरीलगाएतका ठाँउमा मास्क तथा जनचेतनामुलक प्रचा-पोष्ट वितरण गरेको हो ।

जिल्लाका बाँकी भुमे गाँउपालिका, पुथा उत्तरगँगा गाँउपालिकामा पनि यो अभियान बिस्तार गरीने संयोजक खड्काले बताए  । उनले  भने, ‘देशमा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ, यसको जोखिम न्यनिकरणका लागि जिल्लाका सम्पुर्ण ठाऊमा मास्क वितरण गर्ने योजना बनाएका हौँ।’

यस अभियानलाई बिस्तार गर्नका लागी सम्पुर्णको साथ सहयोगको  आवश्यक रहेको संयोजक खड्काले बताए ।

यस्तै अभियानमा संलग्न विद्यार्थी नेता शोहेल श्रेष्ठले भनेः जिल्लाबासी  अधिकांशलाई मास्कको प्रयोग र विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा जानकारी नभएको र यस जनचेतनामुलक अभियानले महत्वपुर्ण भुमिका उद्देश्यका साथ अभियान थालेका छाै ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org