ताजा समाचार

कोरोना रोकथामबारे सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग उपप्रधानमन्त्रीको भिडियो कन्फरेन्स

काठमाडाैँ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रदेश सरकारहरुले चालेका कदमबारेमा भिडिओ कन्फरेन्समार्फत् जानकारी लिएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा रहेको ‘भिडिओ कन्फ्रेन्स रूम’बाट पोखरेलले सातै प्रदेशका मूख्यमन्त्रीसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।

सो समितिको निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी गराउने र प्रदेशहरुको अवस्था तथा समस्याका बारेमा जानकारी लिनका लागि छलफल आयोजना गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

उच्चस्तरीय समन्वय समितिको बैठक आजै बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्दैछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org