ताजा समाचार

कोरोना संक्रमितको परीक्षणका लागि नमुना ल्याउन उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमान रनवेबाट चिप्लिएर बाहिर गएको थियो । प्रहरी सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले घटना भएको पुष्टि गरे ।

प्रहरीका अनुसार कुनै पनि मानवीय क्षति भने भएको छैन । विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरेर ल्याउन गएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org