ताजा समाचार

वीपी प्रतिष्ठानमा भर्ना भएका १६ जनाको कोभिड-१९ परीक्षण रिपोर्ट आयो

धरान ।  कोभिड–१९ कोरोना भाइरसको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना भएका १६ जना बिरामीको स्वाब रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रतिष्ठानमा यही यहि चैत १ गते भर्ना भएका ३ जना र ११ भर्ना भएका १३ जना  गरी भएका १६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको थियो ।

उनीहरु सबैको स्वाब रिपोर्ट नेगेटिभ देखिएको वीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । उनले शनिबार पनि तीनजना बिरामीको नमुना परीक्षणका लागि टेकु पठाइएको जानकारी दिए।

प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले फ्रान्सबाट कतार हुँदै जहाजमा नेपाल आएकी कोरोना सक्रमित युवतीसंगै आएका धरान–६ पानवारीका युवाको स्वाब परीक्षण पनि नेगेटिभ देखिएको बताए । संक्रमित युवतीसँगै आएका सुनसरीका चार जना मध्ये अन्य तीन जनाको भने परीक्षण गरिएको छैन्।  अहिले कोरोनाको आशंकामा प्रदेश १ का विभिन्न जिल्लाका ८ जना प्रतिष्ठानमा भर्ना भइस् उपचार गराइरहेको साहले जानकारी दिए।

आशंका गरिएकोको रिपोर्ट देखिएपीछ धरानको वातावरण केही सहज भएको छ । केही बिरामीको रिपोर्ट नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था नरहेकोले सचेत भएर घरमै बस्न इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले आग्रह गरे। उनले सुरक्षामा प्रहरी चौबिसै घण्टा खटिरहेको भएपनि सर्वसाधारणले लकडाउन उंलघन गरेको भन्दै दुखेसो पोखे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org