ताजा समाचार

उपत्यकाबाट बिहानै लकडाउन उल्लंघन गर्ने ६१७ जना पक्राउ

काठमाडाैँ ।  काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने ६१७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार आइतबार बिहान साढे ७ बजेसम्ममा लकडाउन उल्लंघन गर्ने ५१२ पुरूष र १०५ महिलालाई पक्राउ गरिएकाे हो।

त्यस क्रममा एउटा गाडी र १०२ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैबीच आज आजदेखि प्रहरीले पक्राउ परेकालाई प्रहरी कार्यालय नलैजाने भएको छ।

पक्राउ परेकाहरूलाई पक्राउ गरिएकै ठाउँमा दुई घण्टा राखेर छाडिने महनगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले जानकारी दिए।

कोरोना संक्रमणको जोखिमका कारण प्रहरीले लकडाउन उल्लंघन गर्नेविरूद्ध यस्तो नीति लिएको हो।

ुपक्राउ गरेर लैजाँदा पक्राउ पर्नेहरू र प्रहरी दुवै जोखिममा पर्ने भएकाले सामुदायीक स्थलमै होल्ड गर्ने नीति लिएका हौं।उल्लंघन गरे भोलिका दिनमा थप कडाई गर्छौुं, पोख्रेलले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org