ताजा समाचार

लकडाउनबाट मर्कामा परेका विपन्नहरूलाई सरकारले राहत प्याकेज ल्याउँदै

काठमाडौं । सरकारले लकडाउनका कारण मर्कामा परेका न्यून आय भएका, विपन्न वर्ग विशेषतः सहरी मजदुर, गरिबहरूका लागि विशेष राहत प्याकेजको तयारी गरेको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यसको तयारी गरिरहेको र मन्त्रिपरिषद्को बैठक बसेर आर्थिक प्याकेजको घोषणा गर्ने स्रोतले जानकारी दियो । आइतबारै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ ।

“त्यस्ता गरिखाने वर्गहरू ठूलो समस्यामा परेको, हातमुख जोड्नकै समस्या भएकोबारे सरकार जानकारी छ,” समिति स्रोतले बाह्रखरीसँग कुरा गर्दै भन्यो, “त्यस्ता वर्गलाई कस्तो राहत दिन सकिन्छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं । मन्त्रिपरिषद् बैठक बसेर घोषणा गर्छौं ।”

न्यून आय भएका वर्गलाई पालिकाहरूले खाने कुराको प्रबन्ध मिलाइरहेको भए पनि उनीहरूले काम पाउने अवस्था नबन्दासम्म उनीहरूलाई सरकारले हेर्ने समिति स्रोतले भन्यो ।

“के दिने भनेर तयारी गरिसकेका छैनौं । लकडाउनका कारण अति नै मर्कामा परेकाहरूलाई सरकारले नहेर्ने, राहत नदिने, भरण, पोषण नगर्ने भन्ने कुरा आउँदैन,”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org