ताजा समाचार

यसरी बस्यो आजको मन्त्रिपरिषद् बैठक

काठमाडाैँ ।  देशमा कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा पनि दूरी कायम गरिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा कम्तीमा एक एक मिटरको दूरीमा कुर्सी राखिएको छ। गत मंगलबारदेखि जारी लकडाउन यही मंगलबार सकिने भएपछि थप्‍नका लागि बसिरहेको बैठकमा प्रधानमन्त्रीसहित सबै सदस्यले मास्कको प्रयोग गरेका छन्।

बालुवाटारको एउटा हलको वरिपरि कुर्सी र टेबल राखेर मन्त्रिपरिषद् बसिरहेको हो।  सरकारकै अधिकारीहरुले निश्‍चित दूरी कायम गर्न नसकेको अवस्थामा आजको मन्त्रिपरिषद्‍‍मा विश्‍व स्वास्थ्य संगठनले भने अनुसारको मापदण्ड राखेर बैठक बसेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org